विराटनगर । आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृत निकाएको नवजात शिशुको टाउको र छातीमा गम्भीर चोट देखिएपछि पीडित परिवार तथा आफन्तले नोबेल विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चेतावनीसहित आन्दोलनमा उत्रने घोषणा बिहीबार गरेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सक डा।मधु साह र अस्पताल विरुद्ध प्रहरी र प्रशासनमा उजुरी समेत दिने भएका छन् । हामीले हदैसम्मको सजायको माग गर्नेछौं, पीडितका लागि न्याय दिलाउन आउनु भएका इटहरीका होमेश्वर ठाकुरले भन्नुभयो–ईच्छा विपरित चिकित्सकले गर्भवती महिलाको बच्चा निकाल्न पाउँदैन । अस्पतालमा दुई दिन अगाडी भर्ना गरिएकी इटहरी–१ आँपगाछी निवासी सरिता प्रधानलाई सामान्य अवस्थामा भर्ना गरिएको हो । गर्भावस्थामा बारम्बार परीक्षण गराउँदै आएकी सरिता र उनको गर्भमा रहेको शिशुको अवस्था समेत सामान्य नै रहेको चिकित्सकको राय थियो । नोबेलकै प्रसुती रोग विभागमा कार्यरत चिकित्सकहरुले गर्भावस्थामा रहँदा परीक्षण गर्ने गरेका कारण चैत २४ गते सरितालाई भर्ना गरिएको उनका श्रीमान् महेश प्रधानले जानकारी दिनुभयो । भोलिपल्ट साँझ ५ः३५ मिनेटमा बच्चा निकाल्न भ्याकुम प्रयोग गर्नुपर्ने जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए । तर, आफन्तसहित गर्भवती आमाले भ्याकुम प्रयोग नगर्ने बरु शल्याक्रिया गरेर बच्चा निकाल्ने बताएका थिए । स्वयम् आमाको ईच्छा विपरित चिकित्सकको जर्बरजस्तीका कारण तीन पटकसम्म भ्याकुमबाट शिशुलाई तानिएको श्रीमान् मनिषको दावी छ । बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए । बिहीबार अस्पताल परिसरमा भेला भएका पीडित पक्षीय समूहले आमालाई अत्याधिक रक्तश्राव भईरहेका कारण उपचारमा ध्यान पु¥याउनुपर्ने, बच्चा निकाल्दै देखिएको चोटको उचित परीक्षण र कारण खोजिनुपर्ने जस्ता माग प्रशासनसँग राखेका छन् । अस्पतालमा भर्ना गर्नु अगाडीसम्म आमा र बच्चाको अवस्था नर्मल रहेको बताएका चिकित्सकले नवजात शिशुको मृत्यु कारणमा ‘हर्ट डिजिज’ उल्लेख गरेका छन् । तर, आफन्तले मुटु रोगको कारण उल्लेख गरिएपनि छाती, शरिर र टाउकोमा देखिएको चोट बारे चिकित्सकसँग गरिएको प्रश्नको जवाफ नआएको बताएका छन्