कलाकार मदनकृष्ण श्रेष्ठले आवाज दिएको ‘फूलबुट्टे सारी।।।’ को लिजेन्डरी भर्सनले नेपाली संगीतप्रेमीदेखि युगान्डाकी गायिकालाई समेत प्रभावित बनायो । 


द क्याप्टेन वियोन्से फाम्सीले श्रेष्ठबाटै प्रभावित भएर यसको कभर गीत गाइन । जसपश्चात उनको चर्चा यति चुलियो कि नेपालका दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ आफैं उनीसँग भेट्ने इच्छा व्यक्त गरे । 


संगीतले यी दुईको भेट पनि जुरायो । उनीहरू चैत १८ गते काठमाडौंको एउटा रेस्टुरेन्टमा भेट भएको थियो । सोही दिन गायिका बियोन्सेले गायक मदनकृष्णसँग युगल गीत गाउने इच्छा पनि व्यक्त गरेकी थिइन् ।

 

बियोन्सले यस्तो इच्छा व्यक्त गरिरहँदा कलाकार श्रेष्ठ भने मजाकी लवजमा “तपाईं आफ्नो देश फर्किने भन्दै हुनुहुन्छ के तपार्इंसँग समय छ र रु” भन्दै प्रश्न तेर्साएका थिए । जवाफमा बियोन्सेले “म तपार्ईंको लागि समय मिलाउन सक्छु” भनेकी थिइन् । 


अन्ततः मदनकृष्ण र बियोन्सेको युगल गीत पनि दर्शकले सुन्न पाउने भएका छन् । 


बिहीबार कलाकार श्रेष्ठले फेसबुकमार्फत यसको आधिकारिक जानकारी दिएका छन् । बियोन्सेसँग भेटेको दिनको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेका छन्, “हामीले गाएको गीत ‘फुलबुट्टे साडी’ लाई क्याप्टेन बियोन्से फाम्सीले पनि गाइन् त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रूप लिएको महसुुस गरिएको छ । अब बियोन्से र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं । बियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खै।।।।”