पुर्वराजा ज्ञानेन्द्र शाह बिहिबार भारत भ्रमणमा निस्कनु भएको छ । उहाँ अहिले भारतको दार्जिलिङमा भ्रमणमा हुनुहुन्छ । पुर्वराजा दार्जिलिङमा घुम्न निस्किएपछि त्यहाँ उहाँलाई हेर्नेको भिड जम्मा भएको थियो । बाक्लो सुरक्षा घेरामा रहनुभएका पुर्वराजाले कुनै कार्यक्रमकलागि नभई व्यक्तिगत भ्रमणमा आफू भारत आएको बताउनुभएको छ ।

दार्जिलिङको एक टिभि पत्रकारले भारतिय भाषामा प्रश्न गरेपछि उहाँले आफूलाई भारतिय भाषा नआउने भन्दै नेपालीमा प्रश्न गर्न लगाउनुभएको थियो । उहाँको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरलनै भएको छ । जवाफमा पत्रकारले नेपाली भाषामा प्रश्न गरेका थिए ।

लोकतन्त्रवादीहरू’ पचासौँ अंगरक्षक लिएर पनि भी डमा जाने साहस गर्दैनन् तर शाह आफैँ गाडी चलाएर मेची–महाकालीका गाउँगाउँमा घुमिरहनु भएको छ । उहालाइ स्वागत गर्ने जनताको लर्को लाग्ने गरेको छ । गणतन्त्र आएपछि गरिब पनि अमिर हुन्छ शासक रैती बन्छ भन्ठानेकाहरु गणतन्त्रवादी नेताहरुको ब्यवहारबाट आजित भएर होला अब देशामा पुनः राजतन्त्रको माग गर्न थालेका छन ।