कोकिला भण्डारी

धनकुटा । केही दिन अगाडी धनबहादुर  पौडेलको घरमा आगलागी हुदा  पिडितलाई  राहात वितरण गरेको छ ।

विपद् व्यावस्थापन समिति धनकुटाले वितरण गरिएको राहातमा एकसेट राहात सामाग्री नगद, खाध्न्नय रहेको छ । 

 धनकुटा नगरपालिका वडा नम्वर ८ पेलेकपान स्थित चुलिवन सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भई धनबहादुर पौडेलको घर, गोठ, गोठमा भएका चौपायाँ सबै जलेर पुर्ण रूपमा घर र घरमा भएको नगद सबै सामान डडेर खरानि भएको थियो । 

 उक्त क्षतिलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यावस्थापन समिति धनकुटाले राहात वितरण गरेको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य(सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिनुभयो । शनिबार लागेको आगो नियन्त्रणमा लिन धनकुटाका दुईवटा दमकल, तेह्रथुम, सुनसरी, झापा, उदयपुर, मोरङ्ग लगायतका जिल्लाका दमकल आएर समेत नियन्त्रणमा ल्याउन नसकिएको डिभिजन वन कार्यालय धनुटाका डिभिजनल वन अधिकृत मेघराज राईले बताउनु भयो । 167015170_293942735449867_3056367082984396807_n

 राहात वितरण कार्यकममा जिल्ला प्रहरी कार्याल, धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मी, उद्योग बाणिज्य संघ, धनकुटाका उपाध्यक्ष तारा तितुङ्ग र नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका मन्त्री छत्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 धनकुटा नगरपालिका वडा नं। ७ स्थित मगर टोलका आगलागी पिडित धन बहादुर पौडेलको घरैमा गई नगद  १५ हजार रूपैयाँ राहत रकमका साथमा नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाले विपदमा तत्काल वितरण गर्ने गरिएको एकसेट राहात सामाग्रि वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति हरि कुमार राईले जानकारी दिनुभयो ।