इटहरी / इटहरी उपमहानगरपालिका वडा नं १० मा रहेको तिरुपति प्लाई उद्योगमा भएको २४ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ । इलका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार प्लाई उद्योगमा सोमबार विहान ७ बजेबाट भएको आगलागी मंगलबार विहान मात्र नियन्त्रणमा आएको हो ।

आगलागीबाट उद्योग पुर्ण रुपमा क्षेति भएको छ । आगोबाट उद्योगको १० प्रतिशत सामग्री भने जोगिएको डिएसपी केसीले बताए । आगोलाई नियन्त्रणमा लिनका लागि १५ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानिय २४ घण्टा खटिएको डिएसपी केसीले बताए । उद्योग भित्रका प्लाईहरुमा आगो निभाउने क्रम जारी रहे पनि यसलाई नियन्त्रणमा आएको भन्नुपर्ने डिएसपी केसीको भनाई छ ।