इटहरी । पुराना कलाकार तथा समाजसेवी मधु रिमाललाई इटहरीले गुमाएको छ ।
मुटु रोगका पिडित इटहरी ९ निवासी ७१ वर्षिय रिमालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।
कला ,समाजसेवा र राजनितीमा समेत रुचि राख्ने रिमाल तत्कालिन इटहरीको वडा नम्बर ८को दुई पटक वडाध्यक्ष र केही समय सम्म इटहरी नगरपालिकाको कार्यवाहक नगरप्रमुख समेत भएका थिए । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य समेत रहेका रिमाल इटहरी क्षेत्रका पुराना नाट्यकर्मी समेत हुन ।
रिमालको इटहरीको बुढीगंगा मुक्तीघाटमा हिन्दु परम्परा अन्र्तगत दाहस्कार गरिने राप्रपा का केन्द्रीय सदस्य रामु पोखरेलले जानकारी दिए । रिमालको निधनले पाटीलाई अपुरणीय क्षति पुगेको समेत केन्द्रीय सदस्य पोखरेलले वताए ।




















