इटहरी । महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले  आफना ३९ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

    ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर महिला वचतले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।

   महिला वचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा प्रदेस सभा सदस्य सर्वध्वज साँवाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा ७० वर्ष भन्दा माथिका ३९जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।snapshot_027

सम्मान कार्यक्रममा ९५वर्षिय पञ्चमाया राई ९४वर्षिय नरमाया पुरी लगायतलाई कार्यक्रमका प्रमुख अतिथी साँवा र कार्यक्रमकी अतिथी ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा दिदी लगायतले सम्मान गरेका थिए । सम्मानीतहरुलाई नगद प्रमाण पत्रले सम्मान गरिएको थियो ।