संखुवासभामा आज यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना भएको हो । बस सडकबाट करिब बीस मिटर तल पल्टिँएको छ ।

प्रहरी र स्थानीयले घाइतेको उद्दार गरेका छन् । गम्भीर घाइते १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । १९ जनाको चैनपुरमा उपचार भइरहेको छ । घाइतेको नाम :- मनमाया राई,सन्तोष राई, दल बहादुर दर्नाल, डम्बर बहादुर राई, सिता गुरुङ, पासाङ आङदे शेर्पा, चेतनाथ दाहाल, निशा दाहाल, कमला मगर, सरज्ञा मगर, अङकित मगर, हर्क बहादुर देवान, विर्ख बहादुर तामाङ, दिपकक राई, नगेन्द्र शंकर, रिता तामाङ, टाकाराम भट्टराई, महेश अधिकारी, अम्मर बहादुर बुढाथोकी, नारायण प्रसाद गुरुङ, रिदल गुरुङ, मदन बहादुर लिङदेन, सुनिल निलबेन, विजय राई, नखघर खनाल, तिर बहादुर बुढाथोकी, प्रकाश आचार्य, आङदावा शेर्पा रहेका छन्  ।

थप विवरण आउन बाकीँ