साप्ताहिक कारोबारको अन्तिम दिन आज ९शुक्रबार० पनि नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । तोलामा ९ सय रुपैयाँले बढेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । चैत महिनामा पहिलो पटक सुनको मूल्य पहिलोपटक ८७ हजार ४ सय रुपैयाँ पुगेको हो । चैत १ गते छापावाल सुनको मूल्य ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने त्यसयता सुनको मूल्यमा उतारचढाव कायम नै रह्यो । चैत ८ चैत छापावाल सुनको मूल्य ८७ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा नै थियो । तर, यो साता भने सुनको मूल्यमा तीव्र उतारचढाव आयो । यही हप्ता सुनको मूल्य चैत महिनाकै सबैभन्दा कम प्रतितोला ८५ हजार ६ सय रुपैयाँ कायम भयो भने अन्तिम कारोबारको दिन महिनाकै सबैभन्दा बढी ८७ हजार ४ सय रुपैयाँ पुग्यो ।शुक्रबार तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।शुक्रबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँ कायम भएको थियो । शुक्रबार भने तोलामा ३० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।