कोकिला भण्डारी
धनकुटा । नेपाल रेडक्रस सोसाइटी बिपद् ब्याबस्थापन बिभाग तयारी परियोजनाको असल सिकाई र परियोजना समाप्ति कार्याशाला गोष्ठि धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी सुनसरि जिल्ला शाखाको आयोजनामा सम्पन्न उक्त गोष्ठिमा तयारी परियोजनाले गरेको असल अभ्यासहरु गोदाम व्यावस्थापन अभ्यास, समन्वय, स्रोत पहिचान, परिचालन, विपद व्यवस्थापन सुचना प्रणाली, बिपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणको मुख्य सहयोगी निकाय र विपदको प्रारम्भिक द्रुत लेखाजोखालगायतका विषयमा असल अभ्यास सहितको प्रस्तुतिकरण गरिएको थियो ।
विपद व्यवस्थापन राष्ट्रिय नीतिबारे सरकारी निकायका अधिकारीहरुले जानकारी गराउनु भएको थियो भने स्थानीय जनप्रतिनिधिहरुबाट तयारी परियोजनाको दिगोपनामा आर्थिक सहयोगको प्रतिबद्धता जाहेर र रेडक्रस जिल्ला शाखाहरुमा भएको ज्ञान सिप क्षमता र सिकिएका प्रविधिहरुको उपशाखासम्म लाने विषयमा व्यापक छलफल गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाका सभापति हरि कुमार राईले जानकारी दिनुभयो । 
सोहि अवसर पारेर विपद् व्यावस्थापनमा स्थानीय स्तरमा भए गरेका प्रयासहरुलाई समेटेर सञ्चारकर्मीहरुसँग नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तर्दथ समितिका महामन्त्री पिताम्बर अर्याल, आन्तरीक मामीला मन्त्रालयका छैटौं तह अधिकृत एवं विपद् फोकल पर्सन देवराज भट्राई, धरान उपमहानरपालिकाका उपमेयर मन्जु भण्डारी सुबेदी, चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीसँग बहस कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
बहसमा नेपाल रेडक्रसले स्थानीय स्तरको क्षमता अभिबृद्धि तथा सहकार्यकालागि तयार पारेका आगामी कार्यदिशा, स्थानीय स्तरमा विपद् पुर्वतयारी, प्रभावकारी प्रतिकार्यमा सरकारको सहयोगि भुमिका निर्बाह गर्न रेडक्रसको आगामी भुमिका, प्रदेश स्तरका निति, योजना, प्राथमिकता, रणनिति, स्थानीय पालिकाहरुको अपेक्षालगायतका विषयलाई समेटेर बहस समेटिएको थियो ।
नेरेसो केन्द्रीय समितिका महामन्त्री पीताम्बर अर्यालको प्रमुख आतिथ्यता एवं नेरेसो सुनसरी जिल्ला शाखाका सभापति उमेश थापाको अध्यक्षतामा सम्पन्न गोष्ठिमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तर्दथ समितिका उपकार्यकारी निर्देशक सुदर्शन अधिकारी, परियोजना लागु भएका धनकुटा, भोजपुर, उदयपुर र सुनसरीका रेडक्रसकर्मी, प्रमुख जिल्ला अधिकारी, प्रतिनिधि, पालिका प्रमुख तथा उपप्रमुख तथा प्रतिनिधि,संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयका शाखा अधिकृत रिनु थपलिया, ने.रे.सो. प्रदेश नं.१ का अध्यक्ष नरेन्द्र प्रसाद पोख्रेल, अमेरिकन रेडक्रसका कार्यक्रम प्रबन्धक हरि कार्की, चारै जिल्लाका ने.रे.सो. सभापति लगायतको उपस्थिति रहेको थियो ।




















