कोकिला भण्डारी

धनकुटा । आयोगले चौविसे र साँगुरीगढी गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोग धनकुटा मार्फत चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका सरोकारवाला निकायहरूसँग भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासी व्यावस्थापनको अवधारणागत, प्रक्रियागत पक्षहरूलगायतका विषयमा गाउँपालिका स्थित सरोकारवालाहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभिमुखिकरणमा आयोगको उद्धेश्य, भुमि आयोगको जिम्मेवारी, शैद्धान्तिक, प्राविधिक पक्ष, फाराम भर्ने, तरिका, सिफारिस गर्दा ध्यानदिनु पर्ने कुरा, लैङ्गिक विभेदलाई अन्त्य गर्न सहयोग मिल्ने, भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई आवास वा कृषिको लागि जग्गा व्यावस्थापन, आधार, मापदण्ड, कार्यविधि र निर्देशिका, भूमिहीन सम्बन्धी ऐन, जिल्ला समितिको संरचना, जिल्ला समितिको काम कर्तब्य र अधिकारलगायतका विषयमा शहजिकरण गरिएको थियो ।IMG20210401121044

यसका साथै अव्यवस्थित बसोबासीको बर्गिकरण र तिर्नुपर्ने राजस्व, वन क्षेत्रभित्र रहेका ढुङ्गा, गिटीलगायतको राजस्व वन कार्यालयले लिएर नेपाल सरकारलाई बुझाउनु पर्ने, स्थानीय जनप्रतिनिधिहरुले सचेत बनेर डडेलो लगाउने व्याक्तिलाई पहिचान गरेमा कारबाही गर्न शहज हुनेलगायतका विषयमा अभिमुखिकरणमा छलफल गरिएको थियो ।  

भुमी सम्बन्धी समस्या समाधान आयोग धनकुटाका अध्यक्ष नैन विश्वकर्मा, डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत एवं भुमि सम्बन्धी समस्या समाधान आयोग धनकुटाका पदेन सदस्य मेघराज राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय अधिकारी एवं आयोगका सदस्य सचिव सुर्य भण्डारी, विज्ञ सदस्य सावित्रा राईलगायतले शहजिकरण गर्नु भएको थियो ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जङ्ग याख्खाको अध्यक्षतामा साँगुरीगढीमा र चौविसे गाउँपालिकामा गाउँपालिका अध्यक्ष खजिन्द्र राईको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखिकरणमा सागुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, उपाध्यक्ष विन्द्रा राई, चौविसे गाउँपालिका राजारानी धनकुटाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमि, ईलाका प्रहरी कार्यालय राजारानीका सहि सोम प्रसाद दुलाल, वडा अध्यक्ष, सचिव, गाउँ महासँग प्रतिनिधिीलगायतको उपस्थिति रहेको थियो ।