कोकिला भण्डारी
धनकुटा । नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति धनकुटाको पाचौं अधिबेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले हरिप्रसाद भण्डारीको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।
सचिबमा केन्द्रीय प्रचार सचिब घनश्याम चापागाईं र सदस्य प्रदेश महासचिव नगेन्द्र रोईलासहितको प्रदेश नम्बर १ का अध्यक्ष विश्व प्रकाश लामिछाने अधिकृत रहेको निर्वाचन समितिको निर्णय अनुसार समिति गठन गरिएको आयोजकले जनाएको छ ।
उक्त सभा निवर्तमामान अध्यक्ष माधब प्रसाद बरालको अध्यक्ष्यता तथा धनकुटा नगरपालिका (७ का वडाध्यक्ष जङ्ग बहादुर राईको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र सम्पन्न भएको थियो । उक्त सभाको उद्घाटन शत्रमा जेष्ठ नागरिक, ब्रम्हकुमारी राजयोग, सञ्चारकर्मी लगायतका प्रतिनिधिले शुभकामना ब्यक्त गर्नुभएको थियो ।




















