कोकिला भण्डारी
धनकुटा । साझा सवाल साझा काम सम्पुर्ण दलित एकै ठाम भन्ने नाराका साथ अगाडी बढेको दलित समुदायका लागि दलित सचेतना गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा धनकुटा नगरपालिका वडा नं ३, ४, ५, ६, ७, ९ र १०का दलित समुदायहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीमा नगरपालिका अबस्थित दलित १४ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा भुमि समस्या समाधान आयोग धनकुटाका अध्यक्ष नैन बिश्वकर्मा, जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन बिश्कर्मा, डाक्टर जोन्सोन किश्वकर्मा, डाक्टर किरण बिश्वकर्मा, निर्वाचन अधिकृत सफल पोर्तेल, सडक डिभिजन कार्यालय धनकुटाका सब इन्जिनियर लालबहादुर बिश्वकर्मा, दिपक बिश्वकर्मा, नेपाल बिधुत प्रधिकरण धनकुटाका इन्जिनियर सजिब श्री रम्तेल, बिरेन्द्र रम्तेल, गजेन्द्र रम्तेल, मुना गहतराज, इन्दिरा बिश्वकर्मा, डन्ड सिङ बिश्वकर्मालगाएत रहनुभएको छ ।
उहाँहरूलाई सम्मान पत्रका साथमा दोसल्ला ओढाएर धनकुटा नगरपालिका धनकुटाका प्रमुख चिन्तन तामाङ्गले सम्मान गर्नुभएको हो ।




















