कोकिला भणडारी
धनकुटा । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा अन्तर्गत तयारी परियोजनाको आयोजनामा विपदमा नगद हस्तान्तरण कसरी गर्ने भन्ने बारे एक दिने पुनर्ताजगी तालिम साँगुरीगढी ६ भेडेटारको ड्रिम्स होटलमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको सभापती उमेश थापाको सभापतित्वमा कार्यक्रमको उद्घाटन शत्र सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उदयपुर, भोजपुर र धनकुटाका जिल्ला शाखाका सभापतीहरु बिनोद बस्नेत, तुलबहादुर सुब्बा र हरिकुमार राईले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा तालिमको उदेश्यबारे तयारी परियोजनाको कार्यक्रम अधिकृत रविन दाहालले प्रकाश पार्नु भएको जिल्ला शाखा धनकुटाका सभापती राईले जानकारी दिनुभयो ।
तालिममा उदयपुर, सुनसरी, भोजपुर र धनकुटा जिल्लाका २० जना रेडक्रस पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको छ ।




















