कोकिला भण्डारी 

धनकुटा । केही दिन अगाडी हाम्रो बहुमुखी पाठशालामा आगलागी हुदा क्षतिपुगेको हुदा पाठशाला पुन निमार्ण गरी सञ्चालनमा ल्याउन नगद सहयोग प्रदान गरेको छ । 

कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न भन्दै जिल्लाका  सरकारी कार्यालयहरूले आगलागीबाट भएको  र क्षतिलाई केहि राहात पुगोस भनेर  नगद हस्तान्तरण गरेको छ ।  

 केहिदिन अघि  हाम्रो बहुमुखि पाठशालामा मध्यरातमा आगलागी हुदा पाठशालामा ठुलो क्षति भएको थियो ।166367413_469012867576160_259092890143749077_n

उक्त क्षतिलाई मध्यनजर गर्दै भाईबहिनिहरूको कला शिक्षालाई मुर्तरूप दिन सरकारी कार्यालयले संकलन गरेको नगद जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको हो । आगलागीबाट ध्वस्त बनेको हाम्रो बहुमुखि पाठशालालाई विगकै रूपमा ल्याउन  प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,  सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ तथा, धनकुटा जिल्लाका सरकारी कार्यलयका प्रमुख तथा सम्पूर्ण  राष्ट्रसेवक कर्मचारीहरू लगायतले संकलन गरेको एकमुष्ठ रकम पाठशाला सञ्चालक सरोज भुजेललाई हस्तान्तरण गर्नु भए छ ।  

 जिल्लाकै वालवालिकाको प्रतिभाहरूलाई जिवित राख्न, संचालकहरूलाई उर्जावान बनाउन पाठशालाको क्षतिग्रस्त टहरो स्थलमा सहयोगकालागि  रकम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । 

सबैको साथ र सहयोग पाएमा पुनः पाठशाला उठ्ने र नानि बाबू टहरामा रमाउदै नृत्य सिक्न सहज हुने सञ्चालक  भुजेलले जानकारी दिनुभयो ।