उदयपुर/ उदयपुर बेलका नगरपालिका ७ बस्ने २४ बर्षीय अनिस राईलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज बिहान साढे ९ बजे बेलका नगरपालिका ८ स्थित कोठु चेकपोष्टमा बा४च १५१६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार रहेका राईलाई लागूऔषध गाँजा ६ केजी २५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरले जनाएको छ ।




















