ताप्लेजुङ/ ताप्लेजुङ मिक्वाखोला-१, सिम्ले बस्ने २८ बर्षीय मन कुमार तामाङको रुखले किची मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटी ढाल्ने क्रममा उक्त रूखको हाँगा अड्की हागा काट्ने क्रममा उक्त रूख ढलि किचि घाईते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फलामको खन्तीले हानी हत्या