इटहरी÷ इटहरी उपमहानगरपालिका वडा न २ स्थित भुल्के चोकका केशब कार्कीको हत्या भएको छ । कामबाट फर्किएर आफ्नै घरमा सुतिरहेका कार्किको एक्कासी भाला प्रहार भएको स्थानियले बताएका छन् । हत्याराले कार्कीको हत्या पश्चात छिमेकिमा समेत भाला प्रहारको प्रयास गरेको छिमेकीहरुले बताएका छन् । ४९ वर्षिक कार्कीलाइ यो भन्दा पहिले पनि बारम्बार हत्या गर्ने प्रयास भएको स्थानीएको भनाइ छ । दिउँसो १२÷१ बजेको समयमा सोही ठाउँका कार्कीको हत्या भएको हो । हत्या गर्ने सोही ठाउँका जीवनदास रेग्मी रहेका स्थानीयको आरोप छ उनीहरुबीच मनमुटाव रहेको स्थानीय बताउछन । प्रहरीले हत्या गरेको केही समयमा नै रेग्मीलाई स्थानीयको सहयोगमा पक्राउ गरेको थियो । हत्या गरि भाग्दै गर्दा रेग्मीलाई एक घण्टा भित्रै पक्राउ प्रहरीले गरेका छ । रेग्मी अहिले मादक पदार्थ खाएर लठ्ठ छन ।पुरानो रिसिईवी साध्न रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको हो । कार्कीको शव पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।




















