इटहरी । तराइ क्षेत्रमा आज होली पर्व मनाइएको छ । यसवर्ष दोश्रो चरणको कोरोना भाइरस पैmलिन थालेसँगै प्रशसनले भिडभाड नगर्न आग्रह गरेपछि पूर्वी तराइमा सामान्य रुपमा होली पर्व मनाइएको हो । 

 पूर्वी तराइमा विगतका वर्षहरुमा हार्षोल्लासपुर्वक होली पर्व मनाउने गरिएकोमा यसवर्ष सामान्य रुपमा होली मनाइएको छ । अघिल्ला वर्षहरुमा पूर्वी तराइका सहरहरुमा विभिन्न सांगितिक कार्यक्रम लगायत गरि धुमधामका साथ होली मनाउने गरिएको थियो । होली पर्व आउनु भन्दा धेरै अघिदेखि नै विभिन्न संघ संस्थाले होलीको अवसरमा विविध कार्यक्रम गरि निकै ठूलो जमघटकाबीच होली मनाउने गरेका थिए ।IMG_9051

 पूर्वका इटहरी, धरान, विराटनगर, इनरुवा लगायतका सहरमा यसवर्ष भने होलीको अवसरमा कुनै ठूला सांगितिक कार्यक्रम नभएकोले आफ्नै तरिकाले मनाएको स्थानिय विकल रेग्मीले बताए ।IMG_9044

   होलीको अवसरमा ठूला सांगितिक कार्यक्रम नभएपनि होली खेल्नेहरुको जमघट भने सडकहरुमा देखिएको थियो । पूर्वकै केन्द्रविन्दुको रुपमा रहेको इटहरी उपमहानगरपालिकाका चौक चौकमा भेला भएर युवायुवतीहरुले होली मनाएका छन् । स्वतस्फुर्तरुपमा होली खेल्न होलीको सेटो टिसर्ट लगाएर सडकमा निस्किएका युवायुवातीहरुले ठूला सांगितिक कार्यक्रमको मजा लिन नपाए पनि सामुहिक रुपमा भेला भएर नाचगान गर्दै होली मनाएको रोशन भट्टराईको भनाइ  छ् ।

   युवायुवतीहरुले सडक सडकमा निस्किएर एक आपसमा रंग दल्दै होलीको शुभकामना आदन प्रदान गरेका छन् । कोरोनाको त्रास बढेपनि कोरोनालाई परास्त गर्ने शुभेच्छा सहित खुशीयाली साट्दै होली पर्व मनाएको उनीहरु ब्ताउछिन  ।  

  विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण निकै समय भय र त्रासमा रहनु परेको अवस्थामा कोरोना संक्रमण कम हुँदै गएइरहेको बेला पुन फैलिएको भन्दै प्रशासनले कडाइ गरेपनि कोरोनालाई वेवास्त गर्दै पर्वको खुशीयाली साट्दै पूर्वी नेपालमा पनि होली मनाइएको छ ।