इटहरी । पूर्वी तराइमा विभिन्न संघ संस्थाहरुले होली पर्व मनाइरहँदा रोटरी क्लव अफ इटहरीले पनि सामुहिक रुपमा होलीकाे शुभकामना आदान प्रदान गरेर मनाएको छ ।

स्थानीय दुर्गा पार्टी प्यालेसमा भेला भएर रोटरी क्लव अफ इटहरीमा आवद्ध पदाधिकारी तथा सदस्यहरुले एकआपसमा रंग दलेर, नाचगान गर्दै होली मनाएका हुन् ।IMG_8955IMG_8955 यसपटक पुनः कोरोना फैलिरहेकाले प्रशासनले धेरै भिडभाड नगर्द आग्रह गरे अनुसार सानो कार्यक्रम गरि क्लवका सदस्यहरु बीच मात्र होली मनाइएको अध्यक्ष विजु बैनी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा पूवअध्यक्ष गोविन्द सोनी, लक्ष्मी धिताल, लक्ष्मी थेवे लगायत सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।