IMG_0042इटहरी / इटहरी उपमहानगरपालिकामा ६५ दिने निःशुल्क सिपमुलक मोवाइल बनाउने तालीम सुरु भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रायोजन, हेल्भेटास नेपालको प्रमुख साझेदार र गण्डकी मल्टिपल इन्ष्टिच्युट प्राली संस्था मार्फत निःशुल्क ६५ दिने तह–१ को मोवाइल तालीम सुरु भएको हो । 

तालीम उद्घाटन कार्यक्रममा बोल्दै प्रशिक्षक सचिन पोखरेलले ६५ दिने तालीम पश्चात सहभागीहरुलाई सिटिइभिटिबाट सिप परिक्षण गराई रोजगारीमा सहजीकरण गरीने बताए । कुनैपनी सिप सिकेमा स्वरोजगार बन्ने साथै देश तथा विदेशमा काम गर्न जादा आफुले सिकेको काम गर्न सहज हुने उल्लेख गर्दै सीप सिकेका उनीहरुले व्यवसाय सञ्चालन गर्न चाहेमा आफुले सहजिकरण गरिदिने बताएका छन् । कार्यकञ्म संयोजक टंक भण्डारीले महिला शसक्तिकरणका लागी यस्ता सिपमुल्क तालीम प्रभावकारी भएको जनाए । ‘सिप सिकेपछि बेरोजगार बन्न नपर्ने भण्डारीले उल्लेख गरेका छन् ।’ 

उक्त तालिममा इटहरीका २० जना युवा युवती सहभागी रहेका छन् । बैदेशिक यात्रापछि स्वदेश फर्किएर बेरोजगार बनेकाहरुकालागी संबृद्धि परियोजनाले रोजगारी तर्फ आकर्षण गर्दै आएको छ ।