यात्रुबाहक बस र स्कुटर ठाेक्किँदा तीन जनाको निधन भएको छ। जिल्लाको भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा शनिबार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठाेक्किँदा स्कुटरमा सवार तीन जनाको निधन भएको हो।

दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको निधन भएको छ।

ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए। घटनाकाे विषयमा थप अनुसन्धान जारी रहेकाे चितवन प्रहरीले बताएकाे छ।