इटहरी । होली पर्वको अवसर पारेर सुनसरीको इटहरीमा प्रदेस नम्बर १को सामाजिक विकास मन्त्रालयले होली विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सुनसरीको इटहरीमा पहिलो पटक सामाजिक विकास मन्त्रालयको आयोजनामा होलीलाई केन्द्रीत भएर होली विशेष कार्यपत्र प्रस्तुति तथा काव्य गोष्ठीको आयोजना गरेको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द्रबहादुर कार्कीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रमेश रञ्जन झाले होलीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । झाले प्रस्तुत गरेको कार्यपत्र माथि प्रा.डा.टंक न्यौपाने टिप्पणी गरेका थिए । कार्यक्रममा पुर्व गृहराज्य मन्त्री भीमराज राजवंशी ,इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















