इटहरी । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मोरगंको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन ।
सुन्दरहरैचा नगरपालिका वडा ३को गछियामा आयोजित रक्तदान कार्यक्रममा ४२जना महिला पुरुषले रक्तदान गरेका हुन ।
दुलारी बचत तथा ऋण सहकारीका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता तथा वडा नम्बर ३का वडाध्यक्ष जिवन प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोरकुमार कार्की लगायतको सहभागिता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रमहरु कम भई रहेको समयमा राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्ष कार्कीले जानकारी दिए




















