मोरङको सुन्दरहरैँचा नगरपालिका विकासका हिसावले स्थानिय सरकार आएपछि यहाँका सर्वसाधरण कोहिपनि शिक्षा स्वास्थ्य यातायातका भन्दा पर रहेका छैनन् । अन्य वडाको तुलनामा सुन्दरहरैँचा वडा न ४ अग्र स्थानमा रहेको छ । सुन्दरहरैँचाको यो वडामा रहेका विकास निर्माणको काम ८० प्रतिशन सम्पन्न भएको वडा अध्यक्ष शैलेन्द्र श्रेष्टले जानकारी दिएका छन् । सडक पुलको विकास मात्र होइन वडामा रहेका बृद्ध बृद्धालाई वडा अध्यक्षले पहिलो प्राथमिक्तामा राखेका छन् । उनिहरुको स्वास्थ्य अवस्था देखि औषधि उपचार समेत वडालेनै सौहुलियत रुपमा गरिदिदै आएको छ त्यस्तै जेष्ठ नागरिकका लागी श्रेष्ठ नागरिक भवन, चौतारी तथा मठ मन्दिरहरुको विकासमा समेत उच्च स्थानमा रहेको छ । निर्वाचित भएर आएको ३ वर्ष पुरा भइरहदाँ यहाँ रहेका हिलाम्मे बाटाहरु पिचमा परिणत भएका छन् भने स्थानिय सरकार आएपछि सर्वसाधरण पनि हर्षित बनेका छन् यस सुन्दरहरैचा वडा ४ का गरिव तथा विपन्न परिवारलाई खरको छानो विस्थापित गरि टिनको छानो प्रत्येक घरमा लगाइएको छ । हाल सम्म सुन्दरहरैचा ४ मा १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने सुरक्षाका हिसावले स्थानियलाई डर मुक्त बनाउन प्रहरीचौकी समेत सञ्चालनमा ल्याएको वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताएका छन् ।

सुन्दरहरैँचा ४ मा रहेका जो घर नभएका सुकुम्बासी समुदायहरुलाई उनिको चाहाना अनुसार शिक्षा स्वास्थ्य यातायात , खानेपानि जस्ता कुराको परिचालन गरिएको स्थानियले बताएका छन् भने जुन वर्षेनी खोला किनारका बासिन्दाहरुलाई खोलाको डर हुने गरेको छ त्यसको तटबन्ध गरिदिए अझ राम्रो हुने स्थानिय इन्द्र बहादुर विश्वकर्मा बताउछन् ।

यस ठाउँमा २२ बर्षदेखि बसोवास गर्दै आएका स्थानियहरुले भन्छन् जन प्रतिनिधि आएपछि यस वडाको मुहार फेरीएको छ । वर्षैबाट हिलाम्मे सडकहरु कालोपत्रे भएका छन् स्थानिय सरकार र वडा संग खुसि भएको कुरा वडा वासि चन्द्र विर तामाङ बताउछन् ।

यो वडा अन्य वडाको तुलनामा ठुलो वडा भनेर चिनिन्छ यहाँ रहेका मठ मन्दिर, पर्यटकिय स्थल विद्यालय प्रहरी चौकिको यो वडाले जसरी विकास गरेको छ अन्य वडा तथा नगरले समेत विकास गर्ने हो सुखि नेपाली समृद्ध नेपालको कल्पना पुरा हुने देखिन्छ ।


sunder haricha