इटहरी । पूर्वाञ्चल सुन चाँदी व्यवसायी संघ इटहरीको ५औं साधारण सभाको अवसर पारेर तीन जना सुन चाँदी व्यवसायीहरुलाई सम्मान गरेको छ ।
इटहरी क्षेत्रमा रहेर लामो समय देखि सुन चाँदीको व्यवसाय गर्दै आएका राजेन्द्रकुमार श्रेष्ठ , राजकुमार गजमेर र विश्वराज धिमाललाई सम्मान गरिएको हो ।
सम्मानीयत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरेका हुन ।
पुर्वाञ्चल सुन चाँदी व्यवसायी संघका अध्यक्ष टिकाराम लामगादेको अध्यक्षतामा भएको कार्यक्रममा सुन चाँदी व्यवसायीहरुले कतिपय अव्यवहारिक निती नियमका कारण आफुहरुले समस्या झेल्नु पर्दै आएको गुनासो गरे ।
नारायण वाग्लेको संयोजकत्वमा भएको साधारण सभामा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल , नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी लगायतले वोलेका थिए ।




















