कोकिला भण्डारी 

धनकुटा  । कृषि पर्यटन प्रवर्द्दनमा महिला अभियान धनकुटाले अग्नि पिडितलाई राहात स्वरूप सामाग्रि वितरण गरेको छ । 

संस्थाको स्थापनाकाल देखि नै उक्त संस्थाले रक्तदान, अस्पतालका  विरामिलाई फलफुल, फिल्टर वितरण, बृक्षा रोपणलगायतका सामाजिक काम गर्दै जिल्लामा अग्रणी संस्थाका रूपमा स्थापित हुदै आईरहेको छ ।आगलागिका कारण घरबार बिहिन भएका धनकुटा जिल्ला मुगा स्थाई घर भै हाल धनकुटा नगरपालिका वडा नम्बर ६ निवासी धन बहादुर तामाङ र श्रीमती बिष्णु माया तामाङको परिवारलाई राहात स्वरूप डस्ना र टिनको बाकस वितरण गरेको संस्थाका अध्यक्ष तारा तितुङ्गले जानकारी  दिनुभयो । 

  विपदको यो घडिमा थोरै भए पनि राहत पुर्याउने उद्देश्यका साथ यो सहयोग प्रदान गरेको जनाएको छ। गत बुधबार घर आगलागी हुदा घरमा भएका सबै सामानहरु जलेर नष्ट भएपछी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले राहात स्वरूप दिएको त्रिपाल टागेर बारिमा बसेका आगलागी पिडितलाई राहात सामाग्री वितरण गरेको अध्यक्ष तितुङ्गको जानकारी दिनुभयो  ।