इटहरी । देशको सार्वभौमसत्ता भौगोलिक अखण्डता राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको परम कतव्य भएको नेपाली सेनाका प्रधान सेनापति कुलचन्द्र थापाले वताएका छन ।
सुनसरीको इटहरीमा आयोजना गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रधान सेनापति थापाले सो कुरा वताएका हुन ।
प्रधान सेनापति थापाले नेपालको संविधानले सुम्पीएको विशिष्ठ जिम्मेवारी निवार्ह गर्न जस्तो सुकै परिस्थितीको सामना गर्न सदैव तयार छौं र भविष्यका लागि पनि तयार रहने छौं स्पष्ट पारे । 

नेपाली सेना जनचाहना अनुरुप परिर्वतन र परिमार्जित हुदै आएको राज्य सञ्चालन प्रणालीमा स्वतःस्र्पmुत रुपमा आत्मसात गर्दै संविधान प्रदत्त जिम्मेवारी वहन गर्ने क्रममा तपाई हाम्रो निस्वार्थ त्याग बलिदान र योगदानले नेपाली सेनाको विशिष्ठ छवी अविच्छिन्न रहदै आएको थापाको भनाई रहेको थियो । अवकास प्राप्त एंवम वहालबाला सैनिक एकै घरका परिवार भएको भन्दै प्रधान सेनापति थापाले हामे संस्थागत मुल्य मान्यताहरु जीवन्त राखीराख्नका लागि भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको जानकारी समेत गराए ।
सो अवसरमा नेपाली सेनाका प्रधान सेनापति थापाले भूपु सैनिक तथा एकल महिला , जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेका थिए । भुपु सैनिक परिवारका अशक्तहरुलाई ह्वलीचेयर बैशाखी समेत प्रदान गरिएको थियो । कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलको अध्यक्षतामा भुतपुर्व सैनिक सम्मेलन नेपाल सेनाको पुर्वी पृतनामा आयोजना गरिएको थियो । सम्मेलनामा पुर्वी पृतनापति लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















