धनकुटा  । बहुमुखी पाठशालामा गएराती आगलागि हुँदा ३५ लाख बढिको क्षति भएको छ ।

आगलागिबाट पाठशालाको भवनमा भएका सबै सामान जलेर नष्ट भएका छन् ।  

धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्वर ७ हुलाक टोल स्थित मेन बजारमा विगत तीनबर्ष अघि देखि नर्वदेवश्वर शिवालय मन्दिरको जग्गामा टिनको बेरा लगाएर एकतले भवन निर्माण गरिएको थियो ।

उक्त भवनमा नृत्य, संगित, चित्रकला, ब्यायाम गर्ने गराउनेलगायतका कामहरु गर्दै कागज र पातको टपरी बनाउने मेसिनबाट जिल्लामा आवश्यक दुना टपरी समेत उत्पादन गर्दै आएको सञ्चालन सोभित श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त पाठशालामा राति करिब २ बजिबाट शुरु भएको आगो नियन्त्रणमा लिन २ घण्टा बढि लागेको थियो ।

दुईवटा ग्याँसको सिलिण्डर पड्किदा आगलागि भएको छिमेकीले थाहा पाएको बताउँछन् । FB_IMG_1616377640366

धनकुटा नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय लगाएतको सहयोगमा विहान करिब ४ बजि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  

प्रारभ्मिक अनुसन्धानमा विधुत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको भएता पनि उक्त आगालागि विधुत सर्ट नभएर कोहि कसैले काम गरेको डाह गरि आगो लगाउको हुन सक्ने सञ्चालकको भनाई छ । FB_IMG_1616377648319

उहाँका अनुसार विधुत सर्ट हुदा एकातिरबाट मात्र आगलागि हुनु पर्नेमा सबैतिर एकैचोटि आगलागि भएकोले प्रगतीमा डाह गर्नेले आगो लगाएको हो । जस्ले गर्दा सबै जलेर खरानी भयो केहि निकाल्न नै पाईन । 

आगलागिबाट टपरी बनाउने मेसिन, बिधुतबाट कुखुराको चल्ला निकाल्ने ह्याचरी मेसिन, साउण्ड सिस्टम, जातीय भेषभुषा, जिमका सामाग्रीलगायतका सामाग्री जल्दा ३५लाख  बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिनुभयो । 

पाठशालामा राती कोहि पनि नवस्ने भएकाले उक्त आगलागिबाट मानविय क्षति भने नभएको सञ्चालकले जानकारी दिनुभयो ।