इटहरी/ इलाका प्रहरी कर्यालय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा फागुन महिनाको उत्कृष्ट प्रहरी छनोट भएका  छन् । महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार फागुन महिनाको सर्वोत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी खतिवडा महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन् । खतिवडाले लागु औषधको बिक्रि वितरण र रोकथामको लागि लागु औषध सहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएका साथै ठगी गर्ने समुहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगाएतका कार्यहरु गरेको भन्दै उत्कृष्टमा छनौट गरिएको हो । ishor