काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक विल्डिङ मार्फत १४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई जिम्मेवारी दिएको हो ।

सम्झौतापत्रमा रिलायन्स स्पिनिङ्गको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् । नेपालको सबैभन्दा ठूलो मिल्स वि. सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो ।

बुक बिल्डिङ विधिमार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गर्ने बैंकले जनाएको छ ।