काठमाडौँ, ७ चैत: सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले कोभिडको समय (२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म) ऋणीलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको छ । संस्थाको आज आयोजित वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

साधारणसभाले खराब ऋणीलाई पटकपटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष प्रदीप चापागार्इंले पाँच जना खराब ऋणी रहेको र पटकपटका पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए । सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको उक्त सहकारीमा कूल आम्दानी कूल रु सात लाख ५७ हजार १४४ रहेको छ ।