काठमाडौं । सहकारी अभियान, सामान्य पेशा व्यवसायदेखि विभिन्न उत्पादन बेचेको केही पैसा बचत गरेर वर्तमान र भविश्यमा आइपर्ने समस्या टार्न गरिने साझा प्रयत्न । तर, यहाँ बैंकदेखि बचत तथा ऋण, अनि वहुउद्देशिय सहकारी, फाइनान्स सबै सबैका सञ्चालकहरु नाफामुखी बन्दा आम जनताको पैसा सुरक्षित नहुने अवस्था देखिएको छ । सयौँ,हजारौँ बचतकर्ताको पैसामा केही मुठ्ठी भरका सञ्चालकको हालिमुहाली चल्दा आफूलाई आवश्यक पर्र्ने बेलामा बचत बापतको रकम फिर्ता नपाउने र उल्टै सेयर र बचत हराउने जोखिम सहकारी क्षेत्रमा बढ्न थालेको छ । होला, सहकारी अभियानको भीडमा केही राम्रा पनि होलान तर धेरैको नियत बचतकर्ताको पैसामा खेलेर आफू मालामाल बन्ने छ, भन्दा फरक नपर्ने अवस्था केही सहकारीका सञ्चालकको बद्नियतले उजागर गरेको छ ।good-well-800x400

हो, ललितपुरको कुमारीपार्टीस्थित गुडवील बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समेत यतिबेला ६ सय सेयर सदस्य र बचतकर्ताको पैसा हिनामिना गरेर फरार भएका छन् । विगतमा राम्रै नाम कमाएको यो सहकारीको अहिलेको कुल पुँजी ७५ करोड बराबर छ, यो मध्ये बचतकर्ताको ६९ करोड, सेयर बापतको ५ करोड लगानी रहेको सहकारीले ३१ करोड बराबरको कर्जा लगानी गरेको छ । तर, कर्जा र बचत खातामा देखिएको अधिकांश पैसा सञ्चालक दिवाकर श्रेष्ठ आफैले चलाएर सहकारीलाई यतिबेला टाट पल्टाएका छन् । अहिले सहकारीको १० करोड लगानी मात्रै बाहिर देखिदा बाँकी पैसा कहाँ गयो त भन्ने प्रश्न उब्जिएको छ भने सेयर सदस्य र बचतकर्ताहरु आफूहरुले राखेको पैसाको केही हिस्सा निकाल्न पुग्दा नपाएपछि ठगिएको महसुस गर्दै न्यायका लागि विभिन्न निकाय धाइरहेका छन् ।

सञ्चालक समितिका अन्य सदस्यहरु आफूहरुलाई कामदारका रुपमा तलब दिएर राखेको बाँकी केही पनि थाहा नभएको भन्दै भाग्दैगर्दा सञ्चालक श्रेष्ठ भने यतिबेला फरार छन् । सहकारीमा ९ करोडदेखी लाख, हजारसम्मको बचत गर्नेहरु छन् । सेयर सदस्य र बचतकर्ताहरुले आफूहरु ठगीएको भन्दै हामीलाई समेत गुनासो गरेपछि हामी गुडवील बचत तथा ऋण सहकारीको कार्यालय रहेको ललितपुरस्थित कुमारीपार्टीको भवनमा पुग्दा सहकारी बन्द थियो । अनि बचतकर्ताको आक्रोस । यो सहकारीको ठगी धन्दापनि गज्जबकै रहेछ, राष्ट्र बैंकले तोकेको ब्याजदरभन्दा बढी ब्याज दिनेदेखि सुनौँलो भविश्य उज्जवल बनाउने यस्ता सपना श्लोगन मार्फत बाढिएको रहेछ ।

गुडवील बचत तथा ऋण सहकारीबाट ठगिएका पीडितहरु यतिबेला प्रहरी कार्यालय हुँदै ललितपुर महानगरपालिकाको समाजकल्याण महाशाखा मातहतको सहकारी इकाईसम्मै पुगेका छन् । तर, उनीहरुको पीडामा मलम लगाउनुपर्ने यो निकायले यस्तो लाचारी प्रकट गरेर दायीत्वबाट पन्छिन खोजेको छ । पीडितहरु अहिलेपनि आफूहरुको बचत सुरक्षित गरिदिन माग गर्दै विभिन्न निकायमा भौतारिरहेका छन् । तर, सञ्चालक श्रेष्ठ फरार भएर उनी बाहेकका पदाधिकारी जिम्मेवारीबाट भाग्दा आफुहरुले दुख गरेर कमाएको पैसा गुम्ने चिन्तामा पिडितहरु छन् ।