इटहरी डेस्क । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको चौथो खेलमा नेपाल आज (मंगलबार) भियतनामविरुद्ध भिड्दै छ।भियतनामको घरेलु मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।समूह चरणमा लगातार तेस्रो हार भोगेको नेपाली राष्ट्रिय फुटबल टोली आज यो शृंखला तोड्न चाहन्छ। 

नेपाल आज यसअघि भियतनामसँग भएको हारको बदला लिने दाउमा छ। आफ्नै मैदान र समर्थकको साथ पाइरहेको भियतनाम भने नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने रणनीतिमा छ। लगातार तेस्रो हारसँगै नेपाल यसअघि नै अघिल्लो चरणमा पुग्ने सम्भावना कठिन बनिसकेको छ। 

नेपालले अंक तालिकामो खाता खोल्न सकेको छैन। अंकविहीन हुँदै नेपाल समूह एफको पुछारमा छ। समूह चरणको पहिलो खेलमा लाओससँग २–१ हारेको नेपाल दोस्रो खेलमा मलेसियासँग २–० ले पराजति भएको  थियो।त्यसपछि तेस्रो खेलमा बिहीबार राति भियतनामसँग ३–१ ले हारेको थियो।