नेपालमा  एक महिला लाई मंकीपक्स भाइरस देखिएको हो । एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको काठमाडौंको एक अस्पतालमा परीक्षण गरीएको थियो । नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ ।मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ । चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रूपमा फैलनसक्ने खतरा उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारीका अनुसार यो भाइरसका दुई प्रकारका पहिचान भएका छन् ।


एमपक्स रोगबाट बच्ने उपाय



 मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला–छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ ।


 संक्रमितको दाग वा घाउलाई नछुने ।


 संक्रमित व्यक्तिसँग चुम्बन, अँगालो र यौनसम्पर्क नगर्ने ।


 मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।


 संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।


 संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।


 साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने ९विशेषगरी खाना खानुअघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि० ।


 मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने ।