इटहरी । जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठले आयोजना गरेको पीठ स्तरीय फुटवल प्रयोगिताको उपाधि काठमाडौं केन्द्रले हात पारेको छ ।

        पीठको पीठाधिस महायोगी सिद्धबाबाको प्राकट्य उत्सवको अवसर पारेर  जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ तथा सेवा केन्द्रहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा प्रधान पीठलाई १–० ले हराउदै काठमाडौ केन्द्रले उपाधि जितेको हो ।WhatsApp Image 2023-02-14 at 22.26.28

आञ्जनेय युवा समुहकी अध्यक्ष चन्द्रकला सखीले उद्घाटन गरेको खेलका विजेता तथा उपविजेतालाई महायोगी सिद्धबाबा लगायतले मेडल तथा ट्रफि  वितरण गरे । महायोगी सिद्धबाबाको प्राकट्य उत्सवका अवसरमा पीठमा विभिन्न कार्यक्रम गरि मनाइयो । WhatsApp Image 2023-02-14 at 22.26.27 (1)


((