मोरङ । देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा इन्जिनियर पढ्न चाहने विद्यार्थीहरुको आकर्षण अत्यधिक बढेको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङ विषय पढ्न चाहने विद्यार्थीको आकर्षण अत्यधिक वृद्धि भएको छ । 

दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भएपछि स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स इन्जिनिरिङ विषयमा स्नातक तहमा पढ्ने पाँच सय बढी विद्यार्थीले आवेदन दर्ता गराइसकेको प्रविधिकि विश्वविद्यालयका डिन डा। प्रचण्डमान प्रधानले बताए ।

डिन प्रधानका अनुसार भौतिक पूर्वाधार सम्पन्न कक्षा कोठा, कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनि उच्च स्तरको गुणस्तरिय प्रयोगशाला र विशिष्ट पाठ्यक्रम र महिला छात्राबास सहित आउन जान यातायातको समेत व्यवस्था भएकोले पहिलो शैक्षिक सत्रदेखि नै मनमोहनमा इन्जिनियर पढ्न चाहने विद्यार्थीहरुको घुँईचो लाग्न थालेको छ।

इन्जिनियरिङ संकायका विभागीय प्रमुख इन्जिनियर नरेन्द्रकुमार डाँगीका अनुसार चालु शैक्षिक सत्रमा यही ३० कार्तिकसम्म नियमित र ९ मंसिरसम्म बिलम्ब शुल्क बुझाएर विद्यार्थीले अनलाइनमार्फत भर्नाका लागि आवेदन दिन सक्नेछन ।

२०७६ मा प्रदेश १ सरकारले संसदबाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । पाठयक्रम र भौतिक पूर्वाधार निर्माण गरि दक्ष जनशक्त्ति नियुक्त्त गरिसकेपछि गत वर्षदेखि मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स इन्जिनिरिङ विषयमा स्नातक तहको पढाई सुरु गरेको हो ।

मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्ध गर्न सक्ने मानव संशाधन विकास गर्ने यो विश्विद्यालयको ध्येय छ । सँगै विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपको सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य छ ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुनेछन् ।

यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने नीति लिएको छ । सबै कार्यक्रमहरु सञ्चालन भएपछि मनमोहनमा हरेक वर्ष कूल २८ सयभन्दा बढि दक्ष प्राविधिक विद्यार्थी उत्पादन हुनेछन् ।