इटहरी । प्रथम विर गणेशमान सिंह राष्ट्र्रिय फेन्सिङ्घ प्रतियोगीतामा नेपाली सेनाको त्रिभुन आर्मी क्लव टिम च्याम्पीयन वनेको छ । सेनाले ६ स्वणर्,दूई रजत र ६ कास्य प्राप्त गर्दै च्याम्पीयन वनेको हो । एपिएफले तीन स्वणर्,पाँच रजत र आठ कास्य प्राप्त गर्दै प्रतियोगीतामा दोस्रो स्थान ल्याएको छ ।

त्यसै गरी तीन स्वणर्,पाँच रजत र तिन कास्य प्राप्त गर्दै वागमती प्रदेश तेस्रो भएको छ, महिला फ्वाइल तर्फ  एपिएफकी मन्दिरा  थापाले स्वणर् हात पारिन । थापाले सेनाकी समा सिंलाइ १५—१२ को झिनो अन्तरले पराजित गरीन ।

तेस्रो सथानमा सेनाकी मनिसा राई र वागतीकी अञ्जु तामांग रहेका छन् ।275221322_376668273963594_5472773097473089688_n

पुरुष  फ्वाइल तर्फ सेनाले जित हात पार्दै स्वणर् प्राप्त गरेको छ भने सेनाले वागमतीलाई ४५—२९ ले पराजित गरेको हो, महिला सवार टिम तर्फ पनि सेनाले स्वणर्  कब्जा गरेको छ ।

गण्डकी र एपीएफले कास्य पदक प्राप्त गरे  त्यसै गरी महिला सावर टिम तर्फ पनि सेनाले स्वणर् हात पा्यो एपिएफलाई सेनाल ४५—३६ अंकले पराजित गर्दैै स्वणर् कब्जा  गरेको हो । वागमती र गडकीेले  कास्य पदक हात पारे ।त्यसै गरी महिला टिम फ्वाइल तर्फ एपीएफले वागमती लाई ४५—३६ अंकले पराजित गयो भने  सेना र प्रदेश नम्वर १ ले कास्य पदक पाए ।274321539_937696903612979_4210051629636281110_n

इपी पुरुष तर्फ सेनाले एपिएफलाई ४५—४० अंकले पराजित गर्दै स्वणर् हात पार्यो  तेस्रो स्थानमा गण्डकी र १ नम्वर प्रदेश रहे । पुरुष सावर तर्फ एपिएफले स्वणर् जित्दा वागमतीले रजत पायो ।

एपिएफले वागमतीलाइ ४५—३६ अंकले पछि पार्दै स्वणर् जितेको हो । नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरे   प्रतियोगतिमा व्यक्तिगत स्पर्धा तर्फ  दूई स्वणर् प्राप्त गर्ने वागमती  का प्रदेश खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले ब्यक्तिगत १० हजारले सम्मान गरेका थिए । विर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाली फेन्सिङ्ग संघको संयुक्त आयोजनामा भएको प्रतियोगीता ३  दिन सम्म रहेको थियो ।