193983114_1139269983242297_122644832655614209_n

चमेलि फुल आज उदासछिन उनलाई धेरै प्यास लागेको छ । उनको पुरै शरीर ओइलाउदैछ । चमेलिले फुलबारीभरी अाँखा घुमाउछिन सबैको हालत आफ्नै जस्तै देख्छिन् । आफ्नो नजिक बसेको गुलाफलाई बोलाउछिन् । 

गुलाफ दिदि ! हजुरलाई के भयो? मुहार ओइलाएको छ त?चमेलि बहिनि सबैको हालत यस्तै छ तिमि पनि त ठाडै सुक्दै गएकि छौ? 

गुलाफले जवाफ दिन्छिन्।

चमेलिः हाम्रो रेखदेख गर्ने मालि दाई आएका

छैनन् नि आजभोली उनि आएन भनेत हाम्रो हालत यस्तै हो बकम्बेली ठुस्स पर्दै बोलिन । 

हे हो सहि भनेउ तिमिले कुनामा झोक्राउदै बसेको चम्पा कटहर जोडने कराउछ । 

फुलहरुको कुरा फुलबारीमा डुल्दै गरेकी सानि पुतलीले सुनि रहेकी हुन्छीन । उनलाई फुलहरुको मद्दत गर्न मन लाग्छ । उनि उडेर घरको आगनतिर जान्छीन । जहाँ गुन्जन लेख्दै छिन माटोको भाडाकुटिहरु बनाउदै रमाउछिन । सानी पुतली भुर्रभुर्र गर्दै उड्दै गुन्जनको हातमा बस्दै उड्छिन  गुन्जन पुतलीलाई छोप्न पुतलीको पछी पछी जान्छिन । पुतली फुलबारीमा पुगेर सबै फुलहरुमा बस्दै यड्दै गर्छिन गुन्जनले पुतलीलाई समात्न सक्दैनन् तर उनको ध्यान फुलहरुमा जान्छ सबै फुल मुर्झाएको देखेर उनलाई दुख लाग्छ।गुन्जन दौडेर ममि भएको ठाउँमा आउछिन् ममि धेरै लुगा धुदै हुनुहुन्छ गुन्जन फेरि बाबा भएको ठाउँमा जान्छिन् बाबा त झनै बिजि यता धेरै फाइल निकालेर ल्याप्टपमा ब्यस्त उनलाई चटपट हुन्छ लौ!अब के गर्ने होला उनि दौडेर जान्छिन् आफ्नो फुपुको कोठामा फुपु दराजमजमा कपडा मिलाउदै हुनुहुन्छ गुन्जन पछाडी बाट घाटिमा काध हालिन्छिन् चुम्मा खान्छिन् 

फुपुः मेरो सानि गुन्जनलाई के चाहियो फुपुले के मदत गर्नु पर्यो बाबा? गुन्जनः फुल आउनुहोस् न म सगै उनले हात तान्दै फुलबारीमा लैजान्छिन्। फुलहरु सबै सुकिराखेको छ मलाई पुतलिले देखाएको नि फुपु गुन्जनको आखाभरि आशु थियो  फुपुः ए पुतलिले पो देखायो तिमिलाई फुपु मुस्कुराउछिन् चिन्ता नगर हामि यसलाई पानी हाल्नेछौ अनि फुल राम्रो हुनेछ। मालि दाइको घरमा बिहेछ भनेको पनि थिए म दुइ चार दिन आउदैन भनेर हाम्रो गल्ति भयो गुन्जु हामिले ध्यान दिएनौ फुलबारीमा। मालिको मात्र जिम्मेवारि हैन नि हामिले पनि ध्यान दिनुपर्छ ।

फुपुले पाइप निकालेर धारामा लगाउनु भयो । गुन्जन निकै उत्साहित छिन्। पाइप सकिनसकी तान्दै फुलबारी सम्म पुर्याछिन्। दुबै जनाले मज्जाले फुलहरुलाई पानी हाल्छन् फुलहरु खुशिले मुस्कुराउन थाल्छन्। पुतलि फुल माथि नाच्दै डुल्छिन्। गुन्जनले सानि पुतलिलाई मनमनै धन्यवाद दिन्छन्। बाबा र ममिको काम सकिए पछि गुन्जन र बहिनिको अशल काम देखेर धेरै खुशि हुनुभयो र भन्नु  भयो तिमिहरुलाई धेरै धन्यवाद। गुन्जनले पुतलिको कुरा सुनाउदै भनिन् बाबा धन्यवाद त मेरो सानि पुतलिलाई दिनुहोस्  सबैले किनकि सानि पुतलिले नै मलाई फुलबारीमा ल्याएकि थिइन् र मलाइ थाहा भयो फुलहरुलाई प्यास लागेको ;गुन्जनको ममिले भन्नु भयो अब भोलि शनिबार छ बाबा र मैले सबै घास सफा गर्नेछौं। 

फुलहरु खुशिले झुम्छन् भमराहरु भुनभुनाउछन् सानि पुतलि खुशिले नाच्दै गुन्जनको हातमा बसेर उड्छिन् गुन्जनलाई लाग्छ पुतलि बाइ भन्दै छिन्। गुन्जनले पनि पुतलिलाई बाइ गर्दै भन्छिन् तिमिलाई धेरै सम्झिरहने छु मैले मेरि सानि पुतलि।

हामि आफ्नो काममा सफल भयौं। 

फेरि पनि धन्यवाद।

“समाप्त“ 

२०७७/०४/१०

मालि दाइ बालचित्र कथा 

शर्मा ललिता नेपालगञ्ज 

       बाके