पथरी । मोरङको पथरीशनिश्चरे-२ शान्तिचौकमा रहेको रेडस्टार माविले पथरीमै पहिलो पटक अन्तराष्ट्रि स्कुल अवार्ड प्राप्त  गर्न सफल भएको छ ।

ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ ।

काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षा विभाग समेतको सहभागिता अवार्ड प्रदान गर्दछ । यो वर्ष मोरङको पथरीशनिश्चरेको रेडस्टार बोर्डिङ स्कुलले आईएसए (इन्टरनेशनल स्कुल अवार्ड) प्राप्त गरेको हो ।

सन् २०२१ को अवार्ड काउन्सिलले मंगलबार (पुस ११) गते घोषणा गरेको हो पथरीको रेडस्टार बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको बिषयमा बिहिबार पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराएइएको थियो । ब्रिटिश काउन्सिलले बर्षेनी अवार्डको प्रकृयाको लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आव्हान गर्दछ । 

परेको आवेदन मध्ये विद्यालय नाम सर्टलिष्टमा निकाल्छ । त्यसपछि काउन्सिलको निगरानीमा आफूले प्रस्ताव गरेको परियोजनाहरु पठाउनु वा दिनुपर्ने हुन्छ ।

रेडस्टारले जैविक विविधताबारे ‘नेपालको चारकोषे झाडीलाई नजिकबाट नियाल्दा’, महिला शसक्तिकरण, फरक क्षमता भएको मानिस (अपाङ्गता), तरल मेशिनको जीवन हो, किरात राई समुदायको साकेला नृत्य, प्लाष्टिकको समान प्रयोगको प्रभाव र यसको बिकल्प, मन्टेश्वरी शिक्षाको व्यबस्थापन र कोरियन भाषा गरी आठ वटा बिषयमा परियोजना पेस गरेको विद्यालयको प्रबन्ध निर्देशक तथा प्रधानाध्यापक टेकनाथ तिम्सिनाले बताए । 

रेडस्टारले पथरीशनिश्चरेकै बुद्ध मावि, भारत, पाकिस्तान र बेलायतका विद्यालयहरुसँग सहकार्य गरेको शिक्षक तथा सञ्चालक राजु तिम्सिनाले बताए । यसरी सहकार्य गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परियोजनासँग सम्बन्धित बिषय ब्रिफिङ हुने गर्दछ । जसले विश्वको बिभिन्न मुलुकमा रहेका विद्यार्थीहरुवीच कनेक्टिङ क्लासरुमको माध्यमबाट शिक्षा आदान प्रदानहुने राजु तिम्सिनाले बताए । 

परियोजनाको क्रममा भारत केरलामा केराको पातबाट प्रयोग गर्न मिल्ने सामाग्री बन्ने गरेको विद्यार्थी र आफूहरुलाई जानकारी भएको तिम्सिनाले अनुभव सुनाए । 

आफूहरुले चारकोषे झाडीमा पाइने विरुवा, वन्यजन्तु, प्लाष्टिकको सामाग्री विस्थापित गरेर सालको पातको दुनाटपरी प्रयोग गर्न सकिने, किरात राई समुदायको साकेला नृत्यको बारेमा त्यहाँको शिक्षक र विद्यार्थीहरुलाई शेयरिङ गरेको बतउनुभयो ।

ब्रिटिश काउन्सिलले सहज परिस्थितिहुँदा भौतिक रुपमै शिक्षा, आदान प्रदानको वातारण गराउने भएपनि कोभिडको कारण भर्चुअल र वृस्तित डाटाहरु मार्फत् परियोजना सम्पन्न गरेको प्रधानाध्यापक टेकनाथ तिम्सिना (टि.एन.)ले बताउनुभयो ।

रेडस्टार स्कुल सञ्चालक समिति सदस्य बिजय डाँडीले आईएसए प्राप्तहुँदा विद्यालयलाई मात्र नभएर पथरीशनिश्चरे नगरकै खुसी र इन्जत बढेको बताउनुभयो । सन् २०२१ मा देशभरको पाँच सय भन्दा बढी विद्यालयले दिएको अवेदनबाट ५३ को लिष्टमा रेडस्टार छानिएर परियोजना अघि बढाएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक बसन्त मादेन लगायतको उपस्थिति रहेको थियो ।

रेडस्टार बोर्डिङ स्कुलमा व्यवस्थापन संकायमा कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालयमा १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।