इटहरी । इटहरी उपमहानगरपालिकाको वडा नम्बर १९ बरमपुरमा प्रथम अल्टिट्युड रनिङ्ग कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

  प्रतियोगिताका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल्टिट्युट क्लब इटहरीले दशंै तिहार तथा छठ पर्वको अवसर पारेर आगामी कार्तिक १७ गते देखि २५गते सम्म प्रतियोगिता आयोजना गर्न लागिको जानकारी गराइएको हो ।

    प्रतियोगितामा अफ्रिकन टोली सहित ८ वटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा खेल संयोजक मनोज तामागंले जानकारी दिए ।

रनिगं शिल्डका रुपमा सञ्चालन गनिरे प्रतियोगिता तीन वर्षको खेलाइने निश्चित भई सकेको आयोजक अल्टिट्युट क्लब इटहरीका अध्यक्ष पिताम्बर तिम्सिनाले वताए । उनले यो प्रतियोगिताले देशभरका युवा खेलाडीहरुलाई उत्साहित वनाउने साथै २०तोला चाँदीको क्लवको लोगो अंकित शिल्ड राखिएको समेत जानकारी दिए ।WhatsApp Image 2023-10-11 at 17.19.12

प्रतियोगितामा अफ्रिकन टिम सहित इटहरीका दुई टिम , वेलवारी , नेपाल प्रहरी , बराहक्षेत्र क्षेत्रको सप्तकोशी फुटवल क्वल लगायत ८ टिमले सहभागिता जनाउने भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । चारकोसे झाडी, सिमसार क्षेत्रको सुन्दर दृष्यावलोक गर्न सकिने क्षेत्रको बरमपुर खेल मौदानमा आयोजना हुने प्रतियोगिता  प्रथम हुने टिमले नगद २लाख २२हजार २सय २२ रुपैया दोस्रो हुने टिमले १लाख १हजार १सय ११ रुपैया नगद सहित शिल्ड प्रमाण पत्र प्राप्त गर्ने छन । पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष तिम्सिना , उपाध्यक्ष सुन्दरमणी राई , सचिव रोशन भुजेल लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।