जुनेलीको मन आज  आक्रोसीत छ।दिदिको बिहेको रमाईलोमा सबै भुलेकाछन्।जुनेलि भने कोठामा एक्लै बस्न बाध्यछन्  उनको पनि मनभरि चाहाना छ , बाहिर गएर दिदिको बिहेको  तयारी हेर्ने  झिलिमिलि पारेर सिगारेको मंडप हेर्ने सबै संग रमाउने ।बोल्न र हिड्न नसक्ने  भए पनि उनको दिमागले सबै बुझेको छ सुनेकिछन् दिदिको बिहे छ भनेर।

आफ्नो बिवसतालाई आक्रोसित हुदै आखाबाट आशुका धारा बहाउदै लडिबुडि खेल्दै रोएर कम गर्न खोज्छिन् । कराउछिन अनौठो आवज आउछ कोठा भित्रबाट।
उनको आवाज सुनेर आमा दौडेर आउछिन उनको हातमा पुजाको सामग्री हुन्छ अबिर केसवरि र रंग 
किन कराएकी कामको बेलामै झनै दुख दिन्छे कुन जन्मको रिन खाएकी रहेछु मैले यस्को यति भन्दै आमा ढोका लगाएर जान के आटेकी थिइन्  जुनेलीले लात्ताले उनको खुट्टामा हान्न पुगिन जुनेलिको आमाको खुट्टाको ब्यालेन्स बिग्रियो उनको हातबाट सबै रंङ र अवीर भुईभरि छरियो ।
आमाले रिसले यो अल्छिनाले त साइत पनी बिग्राने भइ बिहेको भन्दै ढोका बन्द गरेर हिड्छिन्। 
जुनेलीलाई आमाको यस्तो शब्दले मनमा धेरै पिडा हुन्छ। उनले एक टकले आखामा आशु लिएर ति छरिएको रंङलाई हेरिरहन्छिन् ।हेर्दा हेर्दै जुनेलीले त्यो छरिएको रंङमा अनेक आकृति देख्न थाल्छिन।
उनका खुट्टाका औलाहरू त्यस रंङमाथी खेल्न थाल्छनन्। उनि खुशि हुन्छिन् सबै पिडा भुल्छिन्।
भित्र अर्को कोठामा लुगालगाउदै दुलहि बन्ने तयारीमा रहेकी दिदि छटपटाउदै थिइन्आफ्नी प्यारी बुनुलाई ममीले गालि गरेको सुनेर ।   दिदि रूप र पढाइ कामकाज सबैमा निपुर्ण थिइन ।  बहिनिलाई देखेर जेठी छोरीको बिहे बिग्रेला भन्ने डर उनका बुबा आमाको मनमा परेको थियो। त्यसैले जुनेली लाई थुनेर कोठामा राखेका थिए।
जुनेलीकीदिदि मौका पाउना साथ दौडेर बहिनिलाई भेट्न जान्छिन् जसै कोठा खोल्छिन् कोठा   भित्रको दृश्यले उनि भावुक हुन्छिन् बहिनिलाई अंगालोमा बाधेर हजारौ चुम्बन गर्छिन ।  
 आमा बाबा ,  काका काकी मामा माइजु हेर्नुहोस् यहा आउनुहोस  जुनेलीकी दिदी रूदै सबैलाई बोलाउछिन्  

सबै दौडेर आउछन् सबैले कोठाको भुईमा हेर्छन् त्यहा छरिएको रंङमा बनाइएको आकृति देखेर सबैका आखामा  आशु टिलपिलाउछन् ।
जुनुले आफ्ना खुट्टाका औलाले छरिएको रङ मा दुलहि दिदि मुस्कुराउदै बसेकि र दुलाहाको भेषमा भिनाजु बनाएकी थिइन्  । आफुले  जुत्ता समातेर भाग्दै गरेको आकृती प्रष्ट देखिएको थियो ।

जुनुकी दिदि फेरी बोल्न थालिन हेर्नुहोस बाबा बहिनिको प्रतिभा कति रहेछ मैले पढाउनु पर्छ भन्दा मान्नु भयन । मैले सधै बहिनिलाई पनि हामी संगै घुम्ने खेल्ने खाने अधिकार छ उसको मनले चाहान्छ यो सबै भन्दा कसैले पत्याउनु भयन । उसको भावना संग खेल्नु भयो सबैजना । आज भने म चुप बस्दिन म आफु संगै राख्छु बहिनिलाई बिहेको मंडपमा चाहे केटाहरूले मलाई बिहे गरून या नगरून मलाई खुनै दुख लाग्ने छैन । उनले बहिनिलाई साहारा दिएर मंडपतीर लागीन ।।
शर्मा ललिता 
नेपागन्ज बांके
180088210_1182040578908228_4236913175653321533_n