काकालाई फेसबुके चिट्ठी !

सञ्चार माध्यम र सामाजिक सञ्जालमा यो सरकारका प्रति यति धेरै गुनासोहरु छन्, तपाइँले थाहै पाउनु भएको छैन होला । कुनै देशको प्रधानमन्त्रीले ‘थाहै पाइन’ भन्नु जत्तिको लाजमर्दो र थेत्तरो उत्तर अरु कुनै हुँदैन । मलाई एउटा कुरा लागिरहेको छ, तपाइँ र तपाइँका वरिपरिका मान्छेहरु कोरोना भाइरसकै मौकामा अर्थ बटुलेर, रणनीति बनाएर आगामी निर्वाचनमा समेत चौका हान्ने दाउमा हुनुहुन्छ । तर यस्तै पाराले त त्यो बेलासम्ममा जनता नै नरहन पनि के बेर ?

काका, अरु देशहरुले आफ्ना नागरिक हवाइजहाज चाटर्ड गरेरै भए पनि लगिरहेका छन् । कतिपयले त हामी नेपालमै सुरक्षित छौं भन्दा पनि आफ्ना नागरिकलाई जबर्जस्ति गरेरै लगे । अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, भारत, बंगलादेश आदि । यद्यपि ती देशमा नेपालको भन्दा खराब स्थिति छ कोरोना भाइरसका कारणले । नेपाल एअरलाइन तिनलाई पुर्याउन खटिरहेको छ । तर, तपाइँको सरकार सिमानामा अलपत्र परेका आफ्ना देशका नागरिकहरुलाई देशभित्र १५ दिन क्वारेन्टाइनमा राख्न सक्ने हैसियतमा छैन । तिनीहरु पानीजहाज, घरघरमा ग्यास र रेलका गफ सुनेरै भोट दिनेहरुमध्येका हुन् । अब अर्को चुनावमा के गफ दिनु ?

काका, हाम्रो देशका नागरिकहरु सिमापारी घामपानी सहेर खुला पाखामा छन् । महाकाली पारी भेला भएका नेपालीको हरिबिजोग त शब्दले वर्णन गर्न सकिन्न । तिनीहरुलाई भारत सरकारले लगभग बेवास्ता गरेको छ । तिनीहरुलाई सुत्ने, खाने र विरामी भए उपचारको व्यवस्था छैन । कोरोना सर्ने डरका बीच भिडभाडमा नेपालीहरु भोकभौकै बसेका छन् । कसैकसैले त्यो असह्य स्थितिबाट छुटकारा पाउन महाकाली नदी पौडेर पार गर्ने जमर्को गरेका थिए । तिनीहरुलाई कट्टु मात्रै लगाएको अवस्थामा गिरफ्तार गरेर प्रहरी चौकी लाँदै गरेको फोटोरभिडियो हामीले देख्यौं, तपाइँले देख्नु भएन होला ।

आमाको मृत्युमा समेत घर आउन नपाएर महाकाली पारी नै काजकृया गर्दै गरेको फोटो सामाजिक सञ्जाल र अनलाइन मिडियामा भाइरल भइरहेको छ । कतिदिन देखि गास न बास भएर मानिसहरु आफ्नो घर हिँडेका छन् । जागिरदाता एवम् घरभेटीले मजदुरका परिवारलाई असहयोग गरेका छन् । सरकारी राहत समेत साथमा नागरिकता नहुनेले पाएको छैन । गास न बास भएर घर हिँडेकालाई प्रहरीले बाटोमै भाटा हानेका छन् ।

कतिलाई बिचबाटोबाट अघि बढ्न दिइएको छैन । उनीहरु न गन्तव्यमा पुग्न सक्छन् न फर्किन । हिजो मात्रै पुलमा लगाएको छेकबार माथि उक्लेर पुल पार गर्न खोज्दो खोलामा जाकिएर एक बटुवाको मृत्यु भयो । के सिंहदरबार र बालुवाटारमा बसेकाले जनताका यी अनेक हण्डर देख्दैनन् रु अघिल्लो वर्ष झापाको हडिया बुधबारेमा सडकमै गाडी रोकेर तपाइँले एउटा बालकलाई एक हजार थमाएर ‘अब यो देशका नागरिकले भोकै मर्नु पर्दैन’ भनेको बिर्सिनुभो रु काठमाडौंमा डेरा गरेर बस्ने, दिनहुँ ज्यालादारी गर्ने, सानोतिनो पसल चलाएर दिनहुँ गुजारा गर्ने मानिसलाई तपाइँको सरकारले के सहयोग गर्यो रु कुनै जवाफ छ ? 

काका, तपाइँको सरकारका मुख्य सल्लाहकार विष्णु रिमाल हुन् । उनी मजदुरकै नेतागिरी गरेर त्यहाँ पुगे । देशभरि मजदुरका नाउमा अनेक संगठन छन् । सबैभन्दा बढी शक्तिशाली संगठन र नेतृत्व नेकपाकै छ । चुनावको बेला हुँदो हो त ती मजदुरलाई खोजीखोजी गाडीमा राखेर आमसभास्थलमा ल्याउने, घर पुर्याउने, खाजापानीको व्यवस्था गर्ने, घरमा चालम, सारी पुर्याइदिने, खेतमै पुगेर सघाइटोपल्ने लगायतका अनेक नाटक हुन्थे ।

संविधानमा समाजवाद उन्मुख सरकार लेखिएको छ । सत्तामा त्यो समाजवादको व्याख्या गरेरै बुढो भएका नेताहरु छन् । फेरि दोहोर्याउँछु- नेपालकै झण्डा हालेको पानीजहाज, घरघरमा पाइपबाट ग्यास, विजुली बस र पूर्वपश्चिम विद्युतीय रेलका गुड्डी हाँकेर तपाइँ सत्तामा पुग्नु भएको होइन रु यस कार्यकालमा तपाइँले वाइडबडी काण्ड, यति होल्डिङ्, अस्गर अली, गोकुलप्रसाद बाँस्कोटा ओम्नी समूह लगायत अनेक भ्रष्टाचारको आरोपी व्यक्ति तथा समूहलाई चोख्याउने भन्दा गतिलो के गर्नु भएको छ रु सोच्नुहोस् त ।

काका, अहिले अरब राष्ट्रका कतिपय नेपाली कामदारहरु कम्पनीले निकाली दिएको र आफू सडकमा अलपत्र परेको कुरा सार्वजनिक गरिरहेका छन् । यता तपाइँको सरकार ‘लकडाउन इज लकडाउन’ भन्दै टसको मस भएका छैन । तिनै कामदारको रेमिट्यान्सले चलेको सिंहदरबार र बालुवाटारले बैदेशिक रोजगारीमा गएका मानिसहरुको दुःखलाई अनदेखा गर्नु भनेको वर्तमान सरकार र नेकपा मात्रै होइन, पूरै देशका लागि आत्मघाती गोल हो । छयालीस सालदेखि तपाइँका गफ सुन्दै भोट हाल्दै आइयो । अहिले थाहा भो तपाइँका गफको वजन कति रहेछ ।

काका, मृगौला फेरिएलगत्तै तपाइँ सक्रिय हुन सक्नुभो । त्यसका लागि बधाइ एवम् अझ सक्रियताका लागि शुभकामना । तपाइँका मृगौला जत्तिकै छरितो सँगले तपाइको आखा र कानले पनि काम गर्न सकुन् । जनताका गुनासाहरु मिडिया र सोसल मिडियामा छरपस्ट छन् । अब अर्को टेलिभिजन सम्बोधनभन्दा अघि नै केही गर्नुहोस् ताकि टेलिभिजनमा देखिने बेलामा यति त गरे भन्न पाइयोस् । फेरि ूमैले थाहै पाइनू भन्न नपरोस् ।
तपाइँको भतिज !