भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्न लागेपछि बंगलादेशमा चर्को विरोध भइरहेको छ। बंगलादेश सरकार स्वतन्त्रता दिवसका दिन (मार्च २६ मा) प्रमुख अतिथिका रुपमा मोदीलाई निम्त्याउँदैछ। 

तर, बंगाली जनताले भने मोदीविरुद्ध त्यहाँ चर्को प्रदर्शन गरिरहेका छन्। मोदीविरुद्धको विरोध नथामिने देखिएपछि त्यहाँको प्रहरीले विरोध गर्नेलाई समात्न थालेको छ। 

उत्तर पश्चिम बंगलादेशको ठाकुरगाउँ जिल्ला प्रहरीले ती युवालाई शनिबार गिरफ्तार गरेको थियो।