भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को चुनावी घोषणापत्रलाई गुजराती मेनिफिस्टो संज्ञा दिएकी छिन्।

ममताले भाजपा विरुद्ध निरन्तर कटाक्ष गर्ने गरेकी छिन्। 

भाजपाले आइतबार पश्चिम बंगालमा चुनाव लड्न घोषणापत्र जारी गरेको थियो। सो घोषणापत्रमा सरकारी सेवामा ३३ प्रतिशत महिलालाई आरक्षण दिने, कक्षा १  भन्दा तल निःशुल्क शिक्षा, किसानका लागि तीन लाख रुपैयाँको दुर्घटना बीमा र नयाँ नागरिकता कानून कडाइका साथ लागू गर्ने उल्लेख गरेको छ। 

केन्द्रीय मन्त्री अमित शाहले भाजपाको चुनावी घोषणापत्र सुनौलो बंगाल बनाउने संकल्पपत्र भएको दाबी गरेका थिए। 

तर, त्रिणमूल पार्टीकी नेतृ बनर्जीले भाजपाको घोषणापत्रलाई झुटको पुलिन्दा संज्ञा दिएकी हुन्।