इटहरी । शिक्षा मात्र होइन विद्यार्थीको समग्र स्वानस्थ्यमा समेत ध्यान दिनु आजको आवश्यकता हो भन्ने शन्देस दिदै इटहरी–२, हलगडामा अवस्थित चन्द्र मेमोरियल इङ्लिस स्कुलले विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको हो ।  

विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ आयोजना गरेको यस शिविरमा बिराटनगर आँखा अस्पतालका विज्ञ चिकित्सक टोलीले आँखा जाँच सेवा प्रदान गरेका थिए ।  शिविरमा ५०० भन्दा बढी विद्यार्थीहरूले आँखा परीक्षणबाट सेवा लिएको विद्यालयले जनाएको छ ।IMG-20250619-WA0018

विद्यार्थीहरूमा आँखा सम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचारमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । आँखाको समस्या हुँदा सिकाइमा असर पर्न सक्छ, र स्वास्थ्यसम्बन्धी पहल शिक्षा सुधारकै एउटा अङ्ग रहेको विद्यालयका प्रिन्सिपल देव कुमार दाहालले बताए । 

शिविर सेवा डट ओआरजी, बिराटनगर आँखा अस्पताल र चन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको संयुक्त आयोजनामा भएको हो । कार्यक्रमको उत्त शिविरमा बिराटनगर आँखा अस्पतालबाट डा.सबिन कुमार चौधरी, डा.बबुल कुमार साह, डा.श्रवण कुमार मल्ही, डा.आदित्य नारायण एनी र डा.गणेश महतो लगायतले स्कुलमै आएर सेवा दिएका थिए ।

स्वास्थ्य र शिक्षाबीचको सम्बन्धलाई सुदृढ गर्दै बालबालिकाहरुको समग्र विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सन्देश यो शिविरले दिएको आयोजकहरूले बताएका छन ।