इटहरी ।  सुनसरीको इटहरी–१६ बालग्राममा रहेको  शिक्षादीप एकेडेमीले र नेपालमा स्थित अमेरिकी दूतावास अन्तर्गतको Regional English Language Office (RELO) को संयुक्त सहकार्यमा "Play, Visualize, Gamify: Creative Pedagogy for Learner Engagement" शीर्षकको एक दिवसीय कार्यशाला सम्पन्न भएको छ । शिक्षादिप एकेडेमीले शिक्षकहरूको शैक्षिक क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको  आयोजना गरेको हो ।

कार्यक्रमकोे प्रमुख उद्देश्य शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, सिर्जनात्मक तथा विद्यार्थी केन्द्रित बनाउने रहेको थियो। कार्यक्रममा सहभागी शिक्षकहरूलाई शिक्षणका क्रममा खेल  दृश्य माध्यम  र गेमि फिकेसनको प्रयोगमार्फत कसरी विद्यार्थीहरूको सहभागिता बढाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक तालिम दिइएको थियो ।IMG_8321

तालिमले शिक्षकहरूमा नयाँ सोच र अभ्यास ल्याउँने जसले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा प्रत्यक्ष सकारात्मक प्रभाव पान र भविष्यका नेतृत्वकर्ता तयार पार्नु हो, र त्यसका लागि शिक्षकहरू सशक्त हुनु आवश्यक रहेको शिक्षादीप एकेडेमीका प्रिन्सिपल सहदेव काफ्लेले जानकारी दिए । 

कार्यक्रमको समापन समारोहमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीहरूको प्रतिक्रियामा कार्यशालाबाट आफूहरूले नयाँ ऊर्जा, सन्दर्भमा आधारित शिक्षण शैली र विद्यार्थीहरूलाई आकर्षित गर्ने रणनीति सिक्न पाएको बताएका थिए ।1000047874

उक्त कार्यशालाले इटहरी क्षेत्रमा क्रियाशील शैक्षिक संस्थाहरूबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ । कार्यक्रमले शिक्षकहरूमा सिर्जनात्मकता र उत्साह थप्नुका साथै, गुणस्तरीय शिक्षाको प्रवर्धनमा महत्वपूर्ण टेवा पु¥याउने देखिएको छ ।