इटहरी । इटहरी १६ बालग्राममा रहेको शिक्षादीप एकेडेमीले आफ्नो १८ औं अभिभावक दिवस तथा वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त विशेष समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी प्रमुख आनतिथ्यता रहेका थियाो । प्रमुख अतिथि मन्त्री भण्डारीले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याउँदै आएको योगदानप्रति प्रसंसा गर्दै विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे। उनले आजको युगमा गुणस्तरीय र व्यवहारिक शिक्षाको आवश्यकता झनै बढेको उल्लेख गर्दै विद्यालयले विद्यार्थीमैत्री वातावरण निर्माणमा अग्रणी भूमिका खेल्नु पर्ने सुझाव दिए ।
शिक्षा नै राष्ट्रको मेरुदण्ड भएकाले यसमा कुनै सम्झौता नहुने धारणा व्यक्त गरे । यस स्कुलमा पढ्ने सानासना नानिहरुको रचनात्मकहरुले निकै रामो्र एक्टीभिटिजहरु देखाए अहिले नेपालमा निजी सो्रतबाट चलेका विद्यालयहरुमा सिकाइमा निकै सुधार आएका छ । बालबालिकाहरुको विकासमा सर्वाणिक भावनाइ बुझेर सिकाइ रहेका छन । यस स्कुलले निरन्तर आफ्नो काम प्रति सकरात्म तरिकाबाट र विद्यार्थीको चाहना अनुसार सिकाइ रहेको आन्तरीक मामिला तथा कानुन मन्त्री रेवति रवण भण्डारीले बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सहदेव काफ्लेले स्वागत मन्तव्य राख्दै विद्यालयले गरेका हालसम्मको यात्रा, उपलब्धिहरू, वर्तमान गतिविधिहरू र भावी योजना प्रस्तुत गरे । काफ्लेले अभिभावकहरूको निरन्तर साथ, सल्लाह र सहयोगले नै विद्यालयले प्रगतिको यात्रा तय गर्न सकेको र विद्यार्थीहरुले वर्ष भरी गरेका प्रदशनीहरु र परम्परगत तरिकाको प्रस्तुती विज्ञान प्रदशनी वर्ष भरी गराएका विभिन्न तालिमहरु विद्यार्थीहरुले गरेका खेलकुदमा उत्कृष्ट नतिजा ल्याइरहेका छन । ५ औँ व्याज सम्म आइ पुग्दा सत प्रतिसत विद्यार्थी उतृण गराउन सफल भएको प्रिन्सिपल सहदेव काफ्लेले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति, नृत्य, नाटक लगायतका विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे । उनीहरूले नेपालको सांस्कृतिक विविधता, सामाजिक यथार्थ र देशभक्तिको भाव समेटिएका प्रस्तुति देखाएका थिए । शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका केही शिक्षक तथा विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीय सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।