इटहरी । हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमसहित सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष समर बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाह रहेका थिए । कार्यक्रमलाई विशेष बनाउँदै विद्यार्थीहरूले नृत्य, गायन, नाटक, गजल लगायतका विभिन्न प्रस्तुति दिए । साथै, विद्यालयका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडलसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश) इटहरी वडा नम्बर १ का पूर्व वडा अध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।2

विद्यालयले प्ले ग्रुप पिजी देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ । स्थानीय स्तरमा गुणस्तरीय शिक्षाका लागि परिचित यस संस्थाले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूलाई सक्रिय बनाउने नीति अवलम्बन गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल राजेश बस्नेतका अनुसार, विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै उनीहरूलाई शैक्षिक गतिविधिसँगै सांस्कृतिक, खेलकुद तथा सिर्जनात्मक कार्यक्रमहरूमा समेत सहभागी गराइँदै आएको छ । विद्यालय प्रशासनका अनुसार, वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजनामा विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेर गरिएको हो । कार्यक्रममा विद्यालय प्रशासनले विद्यार्थीहरूको शैक्षिक प्रगति, विद्यालयका गतिविधिहरू र आगामी शैक्षिक योजनाहरूबारे अभिभावकहरूलाई जानकारी गराएको थियो । IMG-20250221-WA0005

विद्यालयका अनुसार, हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले विगत १८ वर्षदेखि निरन्तर रूपमा स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ  । विद्यालयले आगामी दिनहरूमा पनि शिक्षा र अतिरिक्त क्रियाकलापमा नयाँ योजनाहरू अघि बढाउने जनाएको छ ।

4