राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

छलफलका विषयमा समसामयीक र पार्टीका गतिविधि, नियमावली, कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारी रअन्य  विविध विषय  रहेको कार्यवाहक महामन्त्री  बुर्लाकोटीले जानकारी गराए ।